एसपी रिपोर्टर
काठमाणडौं, चैत ११ : भ्रष्टाचार मुद्दामा फरार नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक ध्रुवकुमार उप्रेती पक्राउ परेका छन्। चितवन खैरहनी घर भई काठमाडौं महानगरपालिका–१६ वनस्थली बस्ने ६५ वर्षीय उप्रेतीलाई आइतबार वनस्थलीबाट केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले पक्राउ गरेको हो।
सर्वोच्च अदालतले गत मंसिर १२ गते उप्रेतीलाई दोषी ठहर गर्दै रु २ करोड ५५ लाख १६ हजार ४८३ जरिवाना र ६ महिनाको कैद सजाय सुनाएको थियो। फैसला पछि फरार रहेका उनलाई खोजीपछि पक्राउ गरी जिल्ला अदालत काठमाडौं पेश गरिएको छ। अदालतको आदेशअनुसार उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ।