एसपी रिपोर्टर
पर्सा, चैत ११ : चालु आर्थिक वर्षको आठ महिनामा वीरगञ्ज नाका हुँदै रु १ खर्ब २२ अर्ब २० करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ, जसमा डिजेल, पेट्रोल, एलपिजी, एटिएफ र मट्टितेल समावेश छन्।
गत वर्षको तुलनामा यो रकम रु १ अर्ब ६७ करोडले वृद्धि भएको छ।वीरगञ्ज भन्सार कार्यालयका अनुसार, चालु आवमा पेट्रोलियम पदार्थको आयातबाट रु ५० अर्ब १३ करोड राजस्व संकलन भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा बढी हो।चालु आवको आठ महिनामा रु ६१ अर्ब ४५ करोड बराबरको डिजेल आयात हुँदा रु २७ अर्ब ३१ करोड राजस्व संकलन भएको छ।
पेट्रोल आयात रु २५ अर्ब ३० करोड पुग्दा रु १६ अर्ब ४८ करोड राजस्व उठेको छ। एलपिजी ग्यास आयात रु २४ अर्ब ५ करोड पुगेको छ, जसबाट रु ४ अर्ब ५० करोड राजस्व संकलन भएको छ।