एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १६ : भारतवाट आउनलाई धनुषाको कुनै पनि नाका अव प्रयोग हुने छैन । नेपाल सरकारले पुर्व इलाम देखि पश्चिमको दार्चुला सम्म भारतवाट आउनलाई विभिन्न २० नाकाहरु मात्र कायम गरेको छ । जस्मा धनुषाको कुनै पनि नाका समावेश छैन । यसक्षेत्रका नेपालीहरु सिरहाको माडर र महोतरीको भिठठमोड नाकावाट नेपाल प्रवेश गर्नुपर्ने हुन्छ ।
धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी सरद कुमार पोखरेलका अनुसार नेपाल सरकारले भारतवाट आउने पुर्व देखि पश्चिम सम्मको विभिन्न २० वटा मुख्यनाकाहरु मात्र कायम गरेको छ । ठुृला देखि स–साना नाकाहरुवाट अव्यवस्थित तरिकाले आप्रवासी नेपालीहरु नेपाल प्रवेश गर्न लाग्दा महामारी बढन थालेको र क्वारेन्टाइन समेत अव्यवस्थित भएकाले यस्तो निर्णय लिनु परेको पोखरेलको भनाई छ ।
जथाभावि नेपाल प्रवेश हुँदा एकवाट अर्कामा संक्रमण सर्ने जोखिम बढेको र नियन्त्रण तथा व्यवस्थापनमा व्यापक चुनौतीहरु देखिएपछि सरकारले यस्तो रणनिती बनाएको बुझिएको छ ।