एसपी रिपोर्टर
काठमाडौँ , चैत ९ : जनमत पार्टीका अध्यक्ष डा. सीके राउत नेतृत्वको दलबाट लुम्बिनी प्रदेश सांसद सीता गुरुङका श्रीमान् कैलाश गुरुङ जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्। शनिबार भैरहवामा आयोजित कार्यक्रममा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा उनी प्रवेश गरेका हुन्।
गुरुङसँगै जनमत पार्टीका केन्द्रीय सदस्य निलम यादवसहित अन्य नेताहरू पनि जसपा नेपालमा सम्मिलित भएका छन्। जसपा नेपालका महासचिव रामकुमार शर्माले विभिन्न दलका नेताहरूको सहभागितासहित पार्टी विस्तार भएको जानकारी दिएका छन्। नवप्रवेशीहरूलाई जसपा अध्यक्ष उपेन्द्र यादवले स्वागत गरेका छन्।