एसपी रिपोर्टर
काठमाडौँ , चैत ९ : जनता समाजवादी पार्टी (जसपा) नेपालले आज रुपन्देहीको भैरहवास्थित बुद्धचोकमा पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ।
‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ अन्तर्गत आयोजित कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादव प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नेछन्।जिल्ला कार्य समिति रुपन्देहीको आयोजनामा सम्पन्न कार्यक्रममा जसपा नेपालका महासचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज रामकुमार शर्मा विशेष वक्ताको रूपमा रहनेछन्।