एसपी रिपोर्टर
जनकपुरधाम, चैत ९ : मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई गोरखपुरमा गुपचुप भेटेर विवाद सिर्जना गरेका छन्।
बिना औपचारिक निमन्त्रणा भारत गएका सिंहले धार्मिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल भएको दाबी गरेका छन्।तर, संघीय सरकारको स्वीकृति र मन्त्रिपरिषद्को निर्णय बिना भएको यो भेटले संवैधानिक मर्यादा उल्लंघन गरेको भन्दै आलोचना भइरहेको छ। विपक्षी दलहरूले मुख्यमन्त्री सिंहको भ्रमणबारे प्रदेश सभामा प्रश्न उठाउने तयारी गरेका छन्।