एसपी रिपोर्टर
जनकपुरधाम, चैत ९ : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले राजाहरू र राणाहरूको पालामा अहिलेभन्दा तीन गुणा बढी भ्रष्टाचार भए पनि बन्द व्यवस्थाका कारण जनताले थाहा नपाउने बताएका छन्।
जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले राजतन्त्रलाई भूतको संज्ञा दिँदै लोकतन्त्रको रक्षा आवश्यक रहेको बताए। उनका अनुसार, लोकतान्त्रिक व्यवस्थाले जनतालाई बोल्ने, आलोचना गर्ने र सरकार छान्ने अधिकार दिएको छ।
डा. भट्टराईले पुराना दलहरूबाट परिवर्तन सम्भव नरहेको उल्लेख गर्दै आर्थिक क्रान्ति र वैज्ञानिक शिक्षाको प्रवर्द्धनका लागि वैकल्पिक शक्तिहरू एकजुट हुनुपर्ने धारणा राखे।