एसपी रिपोर्टर
जनकपुरधाम, चैत ८ :
धनुषाको लक्ष्मीनिया गाउँपालिका–७ स्थित लक्ष्मीनिया चोकमा प्रहरीले ४७७ केजी गाँजासहित एक ट्रक चालकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, धनुषाको टोलीले विशेष सूचनाका आधारमा मधेश प्रदेश ०३–००२ ख २५२० नम्बरको मिनी ट्रक जाँच गर्दा ३२ वटा प्लास्टिकले बेरिएका पोकाहरूमा लुकाइएको अवस्थामा गाँजा फेला परेको हो।
धनुषा प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार बरामद गरिएको गाँजा, ट्रक, र पक्राउ परेका चालकलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको छ।