एसपी रिपोर्टर
जनकपुरधाम, चैत ८ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत १५ गते काठमाडौँमा हुने विरोध सभामा ठुलो संख्यामा उपस्थित हुन पर्साका जनतालाई अपिल गरेका छन्।
शुक्रबार विन्दवासिनी गाउँपालिकाको वहुअर्वामा आयोजित खबरदारी सभामा उनले केपी ओली नेतृत्वको सरकार भ्रष्टाचारको संरक्षणमा लागेको र जनहितविपरीत निर्णय गरिरहेको आरोप लगाए।प्रचण्डले सरकारलाई खबरदारी गर्न काठमाडौँमा ठूलो जनप्रदर्शनको आवश्यकता रहेको बताउँदै जनतालाई सहभागी हुन आग्रह गरे।
साथै, उनले मुकेश चौरासियालाई सहिद घोषणा गराउन सरकारसँग पहल गर्ने आश्वासन पनि दिए।