एसपी रिपोर्टर
जनकपुरधाम, चैत ८ : धनुषाको मुखियापट्टी मुसहरनिया–६ बैरिया टोलमा तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा प्रहरीले हवाई फायर गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी बरुण बहादुर सिंहका अनुसार स्थानीय भज्जु यादवको घरमा तस्करीको सामान रहेको गोप्य सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिन खोज्दा तस्करहरूले अवरोध गरेपछि स्थिति तनावपूर्ण बनेको थियो।
स्थिति नियन्त्रण गर्न प्रहरीले एक राउण्ड हवाई फायर गरेपछि तस्करहरू फरार भएका छन्। तस्करीका सामान प्रहरीले नियन्त्रणमा लिएको भए पनि विवरण खुलाइएको छैन।