एसपी रिपोर्टर
काठमाडौँ, चैत ८ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले आफ्ना मन्त्रीहरूलाई जनअपेक्षा अनुसार सुशासन र जनहितका काम गर्न निर्देशन दिएको छ।
हिजो बसेको सचिवालय बैठकले सरकारको आलोचना भइरहेकाले सुधार गर्न सुझाव दिएको हो।महासचिव डा. सुरेन्द्र झाले मधेस प्रदेशमा सरकारप्रति असन्तुष्टि बढेकाले त्यसलाई सम्बोधन गर्ने गरी काम गर्न आग्रह गरेका छन्। साथै, गणतन्त्र र धर्मनिरपेक्षता जोगाउन सचेत रहन नेताकार्यकर्तालाई निर्देशन दिइएको छ।बैठकले पार्टीका वडा तथा पालिका समितिको अधिवेशनको समय चैत १७ गतेसम्म बढाउने निर्णय गरेको छ। साथै, कोशी र बागमती प्रदेशमा पार्टी संरचना अध्ययन गर्न दुई समिति गठन गर्ने निर्णय भएको छ।
पार्टीले नेता, मन्त्री, सांसद तथा राजनीतिक नियुक्ति पाएकाहरूलाई तोकिएको लेवी समयमा बुझाउन पनि निर्देशन दिएको छ।