एसपी रिपोर्टर
काठमाडौँ, चैत ८ : स्वास्थ्य सचिव नियुक्तिमा परेको रिटमा सर्वोच्च अदालतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई निर्णयको फाइल झिकाउन आदेश दिएको छ। स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राले वरिष्ठताका आधारमा आफूलाई सचिव बनाउनुपर्ने दाबी गर्दै रिट दायर गरेकी थिइन्।
सरकारले डा. विकास देवकोटालाई सचिव नियुक्त गरेपछि मिश्राले असन्तुष्टि जनाउँदै सर्वोच्चमा चैत १ गते रिट दायर गरेकी थिइन्। चैत ३ गतेको पहिलो सुनुवाइमा सरकारलाई कारण देखाऊ आदेश जारी गरिएको थियो।
यसबीच, स्वास्थ्य मन्त्री प्रदीप पौडेलले डा. टंक बाराकोटीलाई स्वास्थ्य सेवा विभागको महानिर्देशक नियुक्त गरेका छन्।