एसपी रिपोर्टर
काठमाडौँ, चैत ८ : पर्साको वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदी प्रहरीसहितको समूहबाट कुटिएका छन्।
फागुन २९ गते राति वीरगञ्ज–८ स्थित डाइमण्ड पार्टी प्यालेसमा भएको एक कार्यक्रममा ६-७ जनाको समूहले उनलाई आक्रमण गरेको सीसीटीभी फुटेजमा देखिएको छ।चतुर्वेदीले नेपाल प्रहरीका वरिष्ठ सई सागरशमशेर राणा लगायतको संलग्नता रहेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिएका छन्। तर, प्रहरीले हालसम्म कुनै कारबाही अघि नबढाएको उनको गुनासो छ।मधेश प्रदेशका डीआईजी लालमणि आचार्यले घटनाबारे छानबिन भइरहेको बताउँदै कानुनी प्रक्रिया अघि बढाइने उल्लेख गरेका छन्।
यता, वडाध्यक्ष चतुर्वेदीमाथि आक्रमणको आरोप लागेका वीरगञ्ज–१० का वडाध्यक्ष सुशील साह कानुले भिडिओ तोडमोड गरी गलत प्रचार गरिएको दाबी गरेका छन्।