एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १५ : मारवाडी सेवा समिति विभिन्न माध्यमले कोरोना महामारीवाट गरिएको यस लकडाउनमा प्रभावितहरुलाई खाद्यान्न समाग्री वितरण गर्दै आएको छ । सुरु सुरुमा राहत वितरण वितरण गरेको समिति जनकपुरधाम त्यसपछि तयारी भोजन नै वितरण गरि गरिव, विपन्नहरुको भोको पेट भर्ने काम गरे ।
त्यसैगरि बुधवार जटही नाकामा धनुषाका एक युवा भोककै कारण ज्यान गुमाएको घटना वाहिर आएपछि समितिले धनुषा जिल्ला प्रशासन कार्यालयको समन्वयमा जटही नाकामा पानी तथा खाद्यान्न सरसमान वितरण गरेको छ । जिप्रकाको समन्वयमा जटही लगमा स्थित नेपाल प्रहरी र शस्त्र प्रहरी वल युनिटमा पुगेर समितिले भारतवाट आउने नेपालीहरुलाई तत्कालै खानपिन गर्नका लागि समिति जनकपुरधामले ६ सय वोतल पानी, ९ सय प्याकेट चाउचाउ, ८ सय ४० प्याकेट भूजा मिक्स र ४ सय ८० प्याकेट विस्कुट हस्तान्तरण गरेको हो ।
समिति जनकपुरधामका अध्यक्ष ललित बजाज, नेपाल राष्ट्रिय मारवाडी परिषदका सचिव निर्मल चौधरी, समितिका वरिष्ठ उपाध्यक्ष समिर मुरारका सहितकाले सो सरसमानहरु नाकाका सुरक्षाकर्मीहरुलाई प्रदान गरेका हुन । विपद्को वेला मारवाडी सेवा समिति जनकपुरधामले यस भन्दा पहिला पनि निःशुल्क भोजनको व्यवस्था गरेका थिए । जटही नाका भएर नेपाल आउने नेपालीहरु मध्ये एक जनाको हिजो ज्यान गएको सुनेर यि सामग्रीहरुवाट केहि भएपनि राहत पुग्ने भन्दै सेवा समितिले सो सामग्री हस्तान्तरण गरेको चौधरीले बताए ।
ह्यमुनिटि शक्ति बढाउने औषधी समेत वितरण
एता परिषद र समितिको संयुतm प्रयास र पहलमा देश भरिमै विभिन्न स्थानमा ह्यमुनिटि शक्ति बढाउने होमियोपेथी औषधी समेत निरन्तर वितरण भइरहेको छ । विहान ११ बजे देखि १ बजे सम्म गरि अहिले सम्म करिव ११ सय परिवारलाई सो औषधी वितरण गरिएको चौधरीले बताए ।
नेपाल सरकारको सम्बन्धित विभागले यो औषधी कोरोनाको औषधी नभएको भएपनि कोरोनासंग लडन आवयश्क पर्ने ह्यमुनिटि पावर अभिवृद्वि गर्ने औषधीको रुपमा प्रयोग गर्न सकिने भनिसकेकाले नेपाल राष्ट्रिय मारवाडी परिषदवाट प्राप्त औषधी समितिहरुले वितरण गरिरहेको चौधरीले बताए ।
१ डब्बामा करिव ७५ देखि ८० गोली हुन्छ, चौधरीले भने, ‘कुनै पनि एक व्यक्तिले तिन दिन सम्म खाली पेटमा दिनमा दुई गोली र त्यसपछि एक÷एक हप्तामा कुनै एक दिन दुई गोली तिन हप्ता सम्म गरि कुल १२ गोलीको डोज खानाले हदै सम्म हम्युनिटी पावरको विकास हुने भनिन्छ ।’ १ डब्बा गोली परिवारका सात सदस्यहरुलाई पुग्ने हुन्छ ।