एसपी रिपोर्टर
काठमाणडौँ , चैत ७ : जिल्ला प्रहरी कार्यालय रौतहटले एसइई परीक्षामा चिट चोराउने र सहयोग गर्ने दुई जनालाई नियन्त्रणमा लिएर कारबाही गरेको छ।
प्रहरी नायव उपरीक्षक दीपककुमार रायका अनुसार, रौतहटको यमुनामाई माध्यामिक विद्यालय परीक्षा केन्द्रमा परीक्षार्थीबाट रकम लिएर मोबाइल प्रवेश गराउने परीक्षा नियन्त्रक र लक्ष्मिनिया मावि मौलापुरमा चिट पुर्याउने एक जनालाई पक्राउ गरिएको हो।प्रहरीले पक्राउ परेकाहरूको नाम गोप्य राखेको छ। उनीहरूलाई अदालतबाट अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
एसइईको पहिलो दिन मधेस प्रदेशका रौतहट, धनुषा लगायतका जिल्लामा परीक्षाको मर्यादा भङ्ग भएका भिडियो र तस्बिरहरू सार्वजनिक भइसकेका छन्।