एसपी रिपोर्टर
जनकपुरधाम , चैत ७ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कैलालीस्थित गेटा अस्पतालको निर्देशकमा प्रमुख वरिष्ठ कन्सलटेन्ट डा. प्रमोदकुमार यादवलाई नियुक्त गरेको छ।
केही समयदेखि रिक्त रहेको निर्देशक पदमा यसअघि ट्रमा सेन्टरका निर्देशक भइसकेका डा. यादवलाई मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार जिम्मेवारी प्रदान गरिएको हो।यसअघिका निर्देशकले राजीनामा दिएपछि रिक्त बनेको पदमा नियुक्त डा. यादव हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) मा १०औँ तहमा कार्यरत छन्।
डा. यादवले यसअघि जनकपुर प्रादेशिक अस्पतालको निर्देशकका रूपमा पनि सफलतापूर्वक जिम्मेवारी निर्वाह गरिसकेका छन्।