एसपी रिपोर्टर
धनुषा , चैत ७ : हंसपुर नगरपालिकामा नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरू नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्दै धर्नामा बसेका छन्।
तीन दिनदेखि जारी आन्दोलनमा वडा नम्बर ६ सोनिगामास्थित सामुदायिक विद्यालय परिसरमा निर्माण गरिएको संरचना हटाउन माग गरिएको छ। विद्यालय परिसर कब्जा गरिएको भन्दै कार्यकर्ताहरूले उक्त संरचना हटाउन नगरपालिकालाई दबाव दिएका छन्।कार्यकर्ताहरूले नगरप्रमुख प्रदीप यादवलाई ज्ञापन पत्र बुझाए पनि, तत्काल निर्णय लागू गर्न अस्वीकार गरेपछि अनिश्चितकालीन धर्ना सुरु गरिएको छ।
माओवादी नगर कमिटीले ३० बुँदे मागसहित ज्ञापन पत्र बुझाएको छ भने विद्यालय परिसर खाली गराउने सम्झौता भएपछि मात्र तालाबन्दी खोल्ने चेतावनी दिएको छ।