एसपी रिपोर्टर
काठमाणडौं , चैत ७ : प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई उद्यमशीलतातर्फ प्रोत्साहन गर्न स्टार्टअप ऋण सहायता कार्यक्रम घोषणा गरेका छन्।
प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले यस वर्ष कम्तीमा ५ सय उद्यमीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने जानकारी दिए। सृजनशीलता र नवप्रवर्तनलाई जोड दिँदै स्टार्टअपमा आधारित उद्यमशीलता प्रवर्द्धन गर्न सहुलियत ब्याजदरमा कर्जा प्रदान गरिने बताए।
ओलीले स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै औद्योगिक लगानी आकर्षित गर्न कानुनी सुधार गरिएको दाबी गरे। साथै, व्यवसायमैत्री नीतिहरूमार्फत आयात व्यवस्थापन र निर्यात प्रवर्द्धनमा सरकारले जोड दिएको बताए।