एसपी रिपोर्टर
सर्लाही , चैत ७ : माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ अन्तर्गत सर्लाहीका दुई परीक्षा केन्द्रबाट एक महिला सहित तीन जना निरीक्षकलाई निष्कासित गरिएको छ।
शिक्षा समन्वय इकाई कार्यालय, सर्लाहीका अनुसार रामसखी मोहित सिंह जनता माध्यमिक विद्यालय (बलरा नगरपालिका-४) परीक्षा केन्द्रमा खटिएका निरीक्षक रिन्कु देवी र रामनारायण बैठा तथा हरिपुर्वा नगरपालिकाको केश्वर गरिव जनता माध्यमिक विद्यालय परीक्षा केन्द्रमा खटिएका निरीक्षक बालुलाल राय लाई परीक्षामा अमर्यादित क्रियाकलापमा संलग्न भएको भन्दै निष्कासन गरिएको हो।
उनीहरू परीक्षार्थीहरूलाई चिट चोर्न मद्दत गरिरहेको अवस्थामा भेटिएपछि कारबाही गरिएको शिक्षा समन्वय इकाई कार्यालयले जनाएको छ। अन्य स्थानहरूको अद्यावधिक विवरण आउन बाँकी रहेको बुझिएको छ।