एसपी रिपोर्टर
बारा , चैत ७ : नेकपा (माओवादी केन्द्र) द्वारा सञ्चालन भइरहेको “जनतासँग माओवादी, तराई–मधेस जागरण अभियान” अन्तर्गत पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताहरू बाराको कचोर्वास्थित नयाँ बजार पुगेका छन्।
अभियानकै क्रममा प्रचण्डलगायत नेताहरूले स्थानीय हरिहर यादवको सालिकमा माल्यार्पण गरे। त्यसपछि स्थानीय समुदायसँग छलफल गर्दै प्रचण्डले जनताको हितमा निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै, पार्टीको अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाइने बताए।कार्यक्रममा माओवादी केन्द्रका अन्य शीर्ष नेताहरूको उपस्थिति रहेको थियो। अभियान अन्तर्गत स्थानीय बासिन्दासँग अन्तरक्रिया गर्दै उनीहरूको समस्या सुन्ने र समाधानका उपायबारे छलफल गर्ने कार्य जारी रहेको छ।