एसपी रिपोर्टर
वीरगञ्ज , चैत ७ : बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा वीरगञ्ज कारागारका चार जना कैदीबन्दी सहभागी भएका छन्। विभिन्न मुद्दामा सजाय भोगिरहेका चार पुरुष कैदीबन्दीले कारागारभित्र नै परीक्षा दिएका हुन्।
वीरगञ्ज कारागारका प्रमुख (जेलर) खिमराज भुसालका अनुसार, एक जना परीक्षार्थी बाराबाट र तीन जना पर्साबाट परीक्षा फारम भरेका थिए।यस वर्ष पर्सा जिल्लाबाट कुल ११ हजार ४१३ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका छन्, जसमा ५ हजार ७३६ छात्रा र ५ हजार ६७७ छात्र छन्।
परीक्षाका लागि जिल्लाभर २९ वटा परीक्षा केन्द्र तोकिएका छन्, जसमा २८ वटा सामुदायिक विद्यालय र एउटा निजी विद्यालय समावेश छन्।