FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

जउनपामा कोरोना कहरमा पनि राजनिती, वडा अध्यक्षहरु गुरमेन्टी गर्दा मेयरको आफनै दाउ

जउनपामा कोरोना कहरमा पनि राजनिती, वडा अध्यक्षहरु गुरमेन्टी गर्दा मेयरको आफनै दाउ

एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १५ :
कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापनमा सयममै उचित कदम चाल्न नसकेको भन्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह प्रति समाजिक सञ्जालमा गुनासो बढदै जाँदा मेयर साहले गोपाल धर्मशालामा सुरु गरेको सुविधाजनक क्वारेन्टाइनको खवरले त्यसलाई हदै सम्म निस्तेज पारयो । तर पुनः क्वारेन्टाइनमा मान्छेहरुको चाँप बढन थालेपछि मेयर साह प्रेसरमा पारिए ।

क्वारेन्टाईलाई थप २५ सहित ७५ बेडमा विस्तार गरेका मेयर साहले कोरोना नियन्त्रण तथा प्रभावितको व्यवस्थापनका लागि सक्रियता बढाए र मुख्यमन्त्री लालबाबु राउत संग समेत छलफल गरे । तर यि कुराहरु केहि वडा अध्यक्षहरुलाई पचेन । मेयर साह जनताको भावना अनुसार कोरोना नियन्त्रण र प्रभावित व्यवस्थापन गर्न नसकेको भन्दै वडा नंं. ७ का वडा अध्यक्ष जानकी राम साहको अगुवाईमा १८ वडाका वडा अध्यक्षहरु जिल्ला समन्वय समितिलाई हार गुहार गरे र बुधवार ज्ञापन पत्र समेत बुझाए । जनताको भावना भनिएपनि वडा अध्यक्ष आफुहरुसंग बिना सोधपुछ मेयर अगाडि बढेको भन्दै निहुँ खाजेको स्रोतको भनाई छ ।

उता वडा अध्यक्षहरु जिससमा ज्ञापन पत्र बुझाई रहँदा एता मेयर साह भने कोरोना नियन्त्रण सम्बन्धी महत्वपुर्ण निर्णयहरु गर्न छलफलमा थिए । विपद् व्यवस्थापन समतिको वैठक बसेर कोरोना परिक्षणको दायरा बढाउन उपमहानगरपालिकाले नै आफनै पिसिआर मेशिन किन्ने निर्णय समेत मेयर साहले गरेर कोरोना नियन्त्रणमा अर्को मुख्य निर्णग गरिदिएका छन् । बुधवार समितिका अध्यक्ष एमव मेयर साहको अध्यक्षता बसेको वैठकवाट पीसिआर मेसिनखरिद, सवै कर्मचारीलाई १०÷१० लाखको विमा, देशवाहिरवाट आएका हरुलाई स्वास्थ्यमन्त्रालयको मापदण्ड अनुसार १४ देखि २१ दिन सम्म क्वारेन्टाइनमा राख्ने, आवश्यकता अनुसार थप क्वारेन्टाइन बनाउने, विद्यालय खोल्नु अगाडी सम्पूर्ण विद्यालयलाई सेनिटाइज गरि मास्क उपलव्ध गराउने, कर्मचारीलाई जोखिम भत्ता दिने सम्मको निर्णय गर्न मेयर साहले भ्याए ।

वैठकमा उपस्थितहरुले क्वारेन्टाइन थप्नुपर्ने सुझाव समेत दिएका थिए । मेयर साहले आफै पनि क्वारेन्टाइनको स्थान खोजि गर्दैछन् । उनले मंगलवार गणेश पार्टी पैलेसको अवलोकन गरेका थिए । त्यहापनि राम्रो हुने बताइए पनि त्यस भन्दा पनि उपयुक्त स्थानको खोजिमा छन मेयर साह ।

मेयर साहको आफनै दाउ

वडा अध्यक्षहरु जे मा पनि आफुहरुलाई खोज्नै पर्ने भन्नै पर्ने मांग गर्न थालेपछि दबाबमा परेका मेयर साहले अर्को पनि योजना बनाइसकेको बुझिएको छ । वडा अध्यक्षहरु सवै कामहरु जस्तै कोरोना नियन्त्रणमा समेत वाहानावाजी गर्न थाले प्रत्येक वडामा वडा अध्यक्षको नेतृत्वमै क्वारेन्टाइन खोल्ने समेत मेयर साहको योजना छ । मेयरको पनि आफनो भुमिका र अधिकार छ जे मा पनि बखेडा झिेकर बिबाद गर्न खोजिए वडा वडामा क्वारेन्टाइन बनाएर वडा अध्यक्षको भुमिका काममै खोज्नु पर्ने सुझाव समेत मेयर साहलाई आइरहेको उनी निकट स्रोतको भनाई छ ।

प्रत्येक वडामा ५० वेडको क्वारेन्टाइन तत्काल बनाउने र पछि स्तरोन्ती गर्दै जाने तयारी छ । गोपाल धर्मशालामा बनाइएको ५० वेडको क्वारेन्टाइनको स्तर १०० वेडको गरेपनि सिमापारी धेरै नेपालीहरु अलपत्र परेको भन्दै उप–महानगरपालिकाले यस्तो गर्न लागेको हो । मेयर साहले सवै वडाध्यक्षहरु संग यस विषयमा क्रमश छलफल गरि रहेको जानकारी दिएका छन् । वडा स्तरमा क्वारेन्टाइन बनाइएपछि कुनै एक ठाउँमा भार पनि कम हुने र सुविधा समेत सहज हुने भएकाले त्यसो गर्न लागिएको हो ।

वडाहरुमा क्वारेन्टाइन र आफ्नै पीसिआर मेसिन भएपछि यति ठूलो संख्यामा क्वारेन्टाइन गर्ने भयावह स्थिति नआउने भएकाले दुवै काम छिटो भन्दा छिटो गर्ने तयारी छ । हालसम्म जटही नाकाबाट जेठ ४ गते ६१ जना, जेठ ५ गते ६९ जना, जेठ ६ गते ३६, ७ गते ८१, ८ गते ६०, ९ गते २०७, जेठ १० गते ११३, ११ गते २०७, १२ गते २८८ गरि जम्मा ११ सय २२ जना नेपाल प्रवेश गरेका हुन । वुधवार एक जनाको मृत्यु पछि एक हजार भन्दा बढीको संख्यामा सर्वसाधारण नेपाल प्रवेश गरेको अनुमान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा
एस.पी. खबर विशेष

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

12 hours ago
बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम
अन्य

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

14 hours ago
मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन
एस.पी. खबर विशेष

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

15 hours ago
‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने
मधेश प्रदेश

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

16 hours ago
नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण
आर्थिक

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

16 hours ago
मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव
एस.पी. खबर विशेष

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

16 hours ago
चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण
एस.पी. खबर विशेष

चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण

17 hours ago
गान्धीको सांसद पद खारेज प्रकरण, कालो कपडामा लोकसभा पुगे कांग्रेस सांसद
अन्तर्राष्ट्रिय

गान्धीको सांसद पद खारेज प्रकरण, कालो कपडामा लोकसभा पुगे कांग्रेस सांसद

18 hours ago
चैती छठ पुजा, आज खरना विधी सम्पन्न भोली अस्ताउँदो सुर्यलाई अर्घ
एस.पी. खबर विशेष

चैती छठ पुजा, आज खरना विधी सम्पन्न भोली अस्ताउँदो सुर्यलाई अर्घ

2 days ago
महोतरीको भंगहा नगरपालिकामा निशुल्क स्वास्थ्य शिविर
समाज

महोतरीको भंगहा नगरपालिकामा निशुल्क स्वास्थ्य शिविर

3 days ago

ताजा समाचार

धनुषाको रघुनाथपुरमा १२ दिवसीय धार्मिक नवाह परायणको शुभारम्भ, भव्य कशलयात्रा

बिद्यार्थी संगठनहरु द्वारा क्याम्पस लाइ २४ घन्टे अल्टिमेटम

मधेश केन्द्रित साना ४ दलद्वारा लोकतान्त्रिक मधेशी मोर्चा गठन

‘वर्ल्ड स्कुलको नेपाल टुर’ जनकपुरधाममा शैक्षिक कार्यक्रम गर्ने

नेपालमै पहिलो पटक चन्द्रनगरमा गाउँपालिकामै कृषि मिटर वितरण

मधेशमा परीक्षाहरुलाई मर्यादित बनाउनुको विकल्प छैन : मन्त्री यादव

चैती छठको जनकपुरधाममा धुमधाम, आज सौझका अर्घ भोली विहान पारण

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy