एसपी रिपोर्टर
जनकपुरधाम, चैत ७ : लोसपाका शिर्षनेता मध्येका अनिल झा पुनः आफनो पुरानै पार्टी नेपाल सदभावना पार्टी अधिग्रहण गरेका छन् । यस संगै उनी लोसपामा नरहने पक्कापक्की भएको छ । स्रोतका अनुसार केहि दिन भित्रै झा आधिकारिक रुपमा लोसपा परित्याग गरि नेपाल सदभावना पार्टीलाई ब्यूताएको घोषणा गर्ने छ ।
अवसर र अगुवाई पाउने आश्वासन पछि उनी लोसपा फर्केको समाचार एसपीखवरमै प्रथम प्रकाशित भएको थियो ।
तर त्यसको केहि महिना नबित्दै संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पुनः ब्यूतिने गतिविधी बढेपछि झा पुरानै पार्टी नेसपाको नेतृत्व गरि मोर्चामा पकड र अगुवाई बनाउने रणनिती तहत अर्को कदम चालेका छन् । तत्कालिन मधेशी ठुला नेताहरुले छोडेपछि नेसपा धनुषाकै एक युवा रामकुमार महतोले चलाउदै आएका छन् ।
नेसपा सहित महतो तमलोपा नेतृत्वको एक मधेशी समुहको मार्चामा आवद्व रहेको छ । एक दिन महतो मोर्चाको बैठकमा झालाई अध्यक्ष बनाएर अघि बढनुपर्ने प्रस्ताव गरेपछि नेसपा झाको हातमा गएको संकेत मार्चाका अन्य पक्षके पाएको थियो ।
एसपी खवर स्रोतका अनुसार महतोलाई सुरुमा पाँच लाख लिएर पार्टीको नेतृत्व छोडन आग्रह गरिएपनि उनी मानेनन् । पार्टी चलाउन आफुलाई भएको खर्च सम्मानजनक पाउनुपर्ने उनको अडान थियो । पछि कुनै बिन्दुमा सहमति भएर महतोलाई पनि नेताका रुपमा राखेर अगाडि बढने सहमति भएको र नेसपा झाको पार्टीको रुपमा रुपान्तरण भएको बताइएको छ ।
केहि समय अगाडि भएका नेसपाको महाधिवेशन पनि झाको सहयोग, सक्रियता र मार्गनिर्देशन र योजना अनुसार नै भएको बुझिन्छ । एता नेसपा अध्यक्ष महतो मिलेर पार्टी चलाउन छलफल भइरहेको स्वीकार गर्दै कुनै निश्कर्ष भने लाग्न नसकेको बताए । पार्टी बेच्नु भएको हो ? भन्ने प्रश्नमा उनले पार्टी बेचेको भन्दा पनि मिलेर चलाउने सवालमा गहन छलफल भइरहेको बताए । यद्यपि अर्को पक्षले भने झाको अगुवाईमा नेसपा अगाडि बढने र त्यसका सबै प्रक्रियाहरुको टुङ्गो लागि सकेको बताउछन् ।