एसपी रिपोर्टर
पर्सा, चैत ६ : काठमाडौं कालिमाटीबाट एसईईको प्रवेशपत्र लिन हिँडेका १७ र १८ वर्षीया दुई किशोरी मंगलबार साँझ वीरगन्जस्थित नेपाल-भारत सीमामा फेला परेका छन्। भारतीय सुरक्षा बल (एसएसबी) ले मितेरी पुलमा उनीहरूलाई रोकेका थिए।
भारतीय किशोरहरूसँग प्रेम सम्बन्ध रहेको र भारत जान लागेको बताएकोले एसएसबीले हस्तक्षेप गरेको थियो। किशोरीहरूमध्ये एकको साथमा एसईई प्रवेशपत्र फेला परेको छ।
माइती नेपाल वीरगन्जको टोलीले दुबै किशोरीलाई उद्धार गरेको छ भने सम्बन्धित किशोरहरूलाई वडा प्रहरी कार्यालय बिर्तामा राखिएको छ। किशोरीहरूका अभिभावकसँग सम्पर्क प्रयास भइरहेको छ।