एसपी रिपोर्टर
काठमाणडौँ, चैत ६ : प्रतिनिधिसभाको आजको बैठकले सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।
बैठकमा गृहमन्त्री रमेश लेखकले उक्त विधेयक दफाबार छलफलका लागि समितिमा पठाउन प्रस्ताव पेश गरेका थिए। सभामुख देवराज घिमिरेले प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरे।
यसै बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले राष्ट्रियसभाबाट उत्पत्ति भएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ सम्बन्धी सन्देशसहितको विधेयक टेबुल गरेका छन्।