एसपी रिपोर्टर
काठमाणडौँ , चैत ६ : नवनियुक्त प्रहरी महानिरीक्षक (आईजी) दीपक थापाले पहिलो निर्णयस्वरूप प्रहरी कर्मचारीको सहुलियत कर्जा चार लाखबाट पाँच लाख रुपैयाँ पुर्याएका छन्।
मंगलबार प्रहरी प्रधान कार्यालयमा बसेको पोलिसी कोओर्डिनेशन कमिटी (पीसीसी) बैठक मार्फत उक्त निर्णय गरिएको हो। साथै, यसअघि ७ वर्ष सेवा अवधि पूरा गरेपछि मात्र सहुलियत कर्जा पाउने व्यवस्था संशोधन गरी ५ वर्षमै कर्जा लिन पाउने बनाइएको छ।पीसीसी बैठकले कर्जाको ब्याजदर घटाउने, किस्ता अवधि ५ वर्षबाट ७ वर्ष पुर्याउने र प्रहरी कल्याण कोष सञ्चालन कार्यविधि २०८० लाई संशोधन गर्न सिफारिस समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता दिनेश आचार्यले जानकारी दिए।