एसपी रिपोर्टर
सप्तरी, चैत ५ : स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत सप्तरीको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमा अर्काको नाममा मत खसाउन खोज्ने एक व्यक्ति पक्राउ परेका छन्।
सप्तरीका डीएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार, पक्राउ पर्ने व्यक्ति शिवकान्त मण्डल हुन्। उनलाई अवैध रूपमा मतदान प्रयास गरेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।देशभरका क्याम्पसमा स्ववियु निर्वाचन मंगलबार बिहान ८ बजेदेखि सुरु भएको थियो।
४६ आंगिक क्याम्पस र २५० सम्बन्धनप्राप्त क्याम्पसहरूमा मतदान सम्पन्न भएको छ। मतदान प्रक्रिया दिउँसो ४ बजेसम्म सञ्चालन भएको थियो।