एसपी रिपोर्टर
धनुषा, चैत ५ : मिथिला नगरपालिका–८, जमुनीवासमा एक पुरुषको शव इनारभित्र फेला परेको छ।
इलाका प्रहरी कार्यालय ढल्केबरका अनुसार जमुनीवास निवासी ३५ वर्षीय नारायण घिसिङको शव इनारभित्र भेटिएको हो।
सोमबार साँझ घटनाबारे जानकारी प्राप्त भए पनि रातको अँध्यारोका कारण शव तत्काल निकाल्न नसकिएको प्रहरीले जनाएको छ। मंगलबार बिहान सशस्त्र प्रहरीको सहयोगमा शव इनारबाट बाहिर निकालिएको थियो।
शवलाई पोष्टमार्टमका लागि महोत्तरीको बर्दिवासस्थित बर्दिवास अस्पताल पठाइएको छ। मृत्युको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।