एसपी रिपोर्टर
काठमाणडौं,चैत ४ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहसचिव टेकनारायण पाण्डेय र बेचन झाको बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।
सोमबार न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासले झाको तथा न्यायाधीश कुमार चुडाल र महेश शर्मा पौडेलको इजलासले पाण्डेयको रिट खारेज गरेको हो।उनीहरू पुर्पक्षका लागि कारागारमा रहेका छन्। पाण्डेयको तर्फबाट उनकी श्रीमती मञ्जुले माघ ११ गते बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।