एसपी रिपोर्टर
काठमाणडौं,चैत ४ : सांसदहरूले गत साउनमा भएको सौर्य एयरलाइन्सको दुर्घटनाबारे सत्यतथ्य छानबिन गर्न सरकारसँग माग गरेका छन्।
राष्ट्रियसभाको आजको शून्य समयमा सांसद धनश्याम रिजालले आठ महिना बितिसक्दा पनि छानबिन प्रतिवेदन नआएको भन्दै मृतकका आफन्तको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए।सांसद रेणु चन्दले पनि छानबिन प्रक्रिया ढिलो नगर्नुपर्नेमा जोड दिँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अतिरिक्त सचिव डा. सङ्गीता कौशल मिश्रको पदोन्नति रोकिएको विषयमा सरकारसँग स्पष्ट जवाफ मागिन्।
त्यस्तै, सांसद कृष्णबहादुर रोकायले आन्दोलनरत शिक्षकहरूको माग पूरा गर्न वार्ता गर्नुपर्ने बताएका छन्।