एसपी रिपोर्टर
काठमाणडौं,चैत ४ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले केन्द्रीकृत मानसिकता हावी भएकै कारण संघीयता प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको बताएका छन्।
सोमबार सानेपामा आयोजित संघीयता कार्यान्वयनसम्बन्धी कार्यक्रममा उनले नेता तथा शासकहरूको सोच बदल्न आवश्यक रहेको उल्लेख गरे। उनले संविधानमा संघीयता उल्लेख भए पनि निर्णयहरू बालुवाटार, सिंहदरबार, बूढानीलकण्ठ वा सानेपाबाट नै हुनुपर्ने मानसिकता कायमै रहेको बताए।निधिले संघीयता सफल बनाउन आवश्यक कानुनी संशोधनमा नेपाली कांग्रेसले पहल गर्नुपर्नेमा जोड दिए। साथै, सातै प्रदेशमा आफ्नै प्रहरी संगठन नहुँदा समस्या देखिएको र प्रशासकीय अधिकृतहरू प्रदेशमा जान नचाहने प्रवृत्तिले संघीयता कार्यान्वयनमा अवरोध उत्पन्न गरिरहेको उनको भनाइ थियो।