एसपी रिपोर्टर
महोत्तरी,चैत ४ : प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष सुनिल गुप्तालाई पक्राउ गरेको छ।
गाउँमा उपद्रव गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। शुक्रबार राति वडाध्यक्ष गुप्ता आफ्ना समर्थकसहित स्थानीय परशुराम गिरीको घरमा पुगेर ढुंगामुढा गरेको आरोप छ। गुप्ताको नेतृत्वमा गएको समूहले गिरी तथा उनका परिवारका सदस्यलाई निर्घात कुटपिट गरेको बताइएको छ।घटनाक्रमलाई रोक्न परशुराम गिरीले आत्मरक्षाका लागि एक राउन्ड हवाई फायर गरेका थिए। त्यसपछि अध्यक्ष गुप्ता र उनका समर्थकहरू भागेको प्रहरीले जनाएको छ।
उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले गुप्तालाई उपद्रव मुद्दाअन्तर्गत नियन्त्रणमा लिएको बारा प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ।