एसपी रिपोर्टर
जनकपुरधाम, चैत १ : एसपी खवर र नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साहलाई मिनापको महामुर्ख सम्मेलनमा सम्मानित भएका छन् । हरेक वर्ष होली होली पर्वको अवसरमा जनकपुरधामको मिथिला नाट्यकला परिषदले प्रदान गर्ने मानपदवी र सम्मान अन्र्तगत साहलाई पत्रकारिताका माध्यमले मैथिली भाषाको उत्थानमा पुरयाएको योगदानको प्रशंसा गर्दै ‘डपौरशंख’ मानपदवीको सो सम्मान प्रदान गरिएको छ ।

महामुर्खको उपाधि यसवर्ष मुख्यमन्त्री सतिश कुमार सिंहलाई प्रदान गरिएकोमा जनकपुरधामको राम मन्दिर पार्कमा आयोजित एक विशेष समारोहका बिच मुख्यमन्त्री सिंह सहित साहलाई पनि सम्मानित गरिएको छ । साह गत मसिंर २८ गते नेपाल पत्रकार महासंघ धनुषा शाखाको अध्यक्षमा फराकिलो मतान्तरले निर्वाचित भएका थिए ।

उनलाई हरियो खुर्सानीको माला, सम्मानपत्र र मायाको चिनो सहित मिनापका पदाधिकारीहरुले सम्मानित गरेका थिए । धनुषाको ग्रामिन कमला छेउको रघुनाथपुरको दलित बस्ती हकरोल टोलबाट आएर जनकपुरधामको पत्रकारितामा अगाडि बढदै २०७३ सालमा एकैपटक महासंघ धनुषाको सचिवमा निर्वाचित हुदै अध्यक्ष बन्न सफल भएका छन् ।

टेलिभिजन पत्रकारका रुपमा चर्चित उनी छापा माध्यम र समाजिक गतिविधीमा पनि जनकपुरधाममा सक्रिय रहेका छन् । मिनापले हरेक वर्ष होलीको अवसरमा मजाकी व्यङ्गात्मक तरिकाले महामुर्ख र १० मुर्ख सहित ११ जनालाई सम्मानित गर्दै आएको छ ।