एसपी रिपोर्टर
महोत्तरी ,फाल्गुन २९ : महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नम्बर ६ मा पाँच सैयाको प्रसूति गृह निर्माण कार्य सम्पन्न भएको छ। राष्ट्रिय योजना आयोगको विशेष अनुदान कार्यक्रम र मटिहानी नगरपालिकाको सहयोगमा करिब २ करोड रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको यस प्रसूति गृहमा विभिन्न अत्याधुनिक सुविधाहरू उपलब्ध छन्।
इंजीनियर बिमलेश साहका अनुसार उक्त भवनमा अपरेशन कोठा, लक्जरी कोठा, जेनेरल बेड कोठा, स्टाफ कोठा, फार्मेसी कोठालगायतका सुविधा सम्पन्न कोठाहरू रहेका छन्।नव-निर्मित उक्त प्रसूति गृह भवनमा आज धार्मिक विधिअनुसार नगर प्रमुख श्री हरि प्रसाद मण्डलज्यूले पूजा सम्पन्न गर्नुभएको छ। प्रमुख मण्डलले उक्त प्रसूति गृह सञ्चालनमा आएपछि आम नागरिकलाई सहज रुपमा मातृत्व सेवा प्रदान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।
उद्घाटन समारोहमा वडा नम्बर ६ का वडा अध्यक्ष कलीम अंसारी, जिल्ला समन्वय समिति सदस्य राम लखन पंजियार, कार्यपालिका सदस्य सुनेकेशी चौधरी, वडा सचिव बिकेश झा, वडा सदस्यहरू रामसेवक साह, शंकर मण्डल, मोख्तार अंसारी लगायत स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो।