एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २९ : जनकपुरधाम स्थित यातायात व्यवस्था कार्यालयको आफनै नयाँ भवन निर्माणको शिलान्यास गरिएको छ । जनकपुरधामको वडा नं. ८ स्थित ज्ञानकुप संस्कृत विद्यालयको पुर्वपट्टी कार्यालयको नयाँ भवन निर्माण कार्यको शिलान्यास÷भुमि पूजनको काम सम्पन्न भएको छ ।
मुख्यमन्त्री सतिश कुमार सिंह, श्रम तथा यातायात मन्त्री कौशल किशोर राय, कार्यालयका प्रमुख धनंजय कुमार सिंह सहितकाले हिन्दु विधि अनुसार भुमि पूजन गरेका छन् । सो अवसरमा मुख्यमन्त्री सिंहले यातायात जस्तो दैनिक अति व्यस्त सेवा प्रदाय कार्यालयको अहिले सम्म आफनै भवन नभएको अवस्थामा यो सुखद सन्दर्भ रहेको बताए ।
उनले अव यातायात कार्यालयमा रहेको गलत गतिविधी बन्द गरि आफनै भवनमा जनतालाई सेवा प्रवाह गर्ने कार्यमा लाग्न कार्यालयलाई आग्रह गरेका छन् । आफनो स्वास्थ्य क्षेत्र सुधार अभियान निरन्तर रहने बताउदै उनले तत्काल एसईईलाई मर्यादित बनाउन केन्द्रित हुन लागेको बताए ।

विभागित मन्त्री रायले यातायात क्षेत्रमा रहेको बिचौलिया गतिविधी र दुरुपयोग रोक्न अटोमेटिक ट्रयाल सेन्टर सहितको कार्यालय भवन बन्न लागेको बताए । उनले यस पछि जनता सहज र वास्तिवक सेवा लिन सक्ने बताए । साउन महिना देखि सो कार्य प्रारम्भ हुने उनले खुलाए ।
कार्यालयको व्यवस्थापन र नयाँ भवनका लागि सिता कुण्डका महन्त राम नरेश दासले एक विघ्घा जग्गा दान गरेका छन् । जस्मा आधुनिक ट्रयाल सेन्टर पनि रहने छ । सो अवसरमा जउनपा ८ का वडा अध्यक्ष दिनेश सिंह, कार्यालय प्रमुख सिंह सहितकाले आ आफनो धारणा राखेका थिए ।