एसपी रिपोर्टर
जनकपुरधाम,२८ फागुन : पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको चुरियामाई मन्दिर नजिक यात्रुबाहक बस दुर्घटना भएकोछ।
चितवनको नारायणगढबाट वीरगञ्ज जाँदै गरेकोबा ५ ख ४०७३ नम्बरको बस स्कुटरसँग ठोक्किएर सडकको नालीमा खसेकोहो।बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितका अनुसार बसका यात्रुहरू सकुशल छन्, तर स्कुटर चालक घाइते भएका छन्। उनलाई उपचारका लागि अस्पताल पठाइएको छ।
दुर्घटनाको जानकारी पाएपछि अमलेखगञ्जबाट वरिष्ठ सई टेकबहादुर कार्की नेतृत्वको प्रहरी टोली घटनास्थलमा खटिएकोछ।