एसपी रिपोर्टर
जनकपुरधाम,२८ फागुन : जनकपुरधाम उपमहानगरपालिका–१९ पुलचोकस्थित आँपको बगैचामा एक युवकको शव झुन्डिएको अवस्थामा फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार अन्दाजी २५ वर्षीय युवकको शव बुधबार बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।मृतकको पहिचान खुल्न नसकेको र घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी प्रवक्ता नायब उपरीक्षक बरुण सिंहले जानकारी दिएका छन्।
शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइएको छ।