FOLLOW US
SP khabar
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
  • गृहपृष्ठ
  • राजनीति
  • मधेश प्रदेश
  • राष्ट्रिय
  • समाज
    • अपराध
    • स्वास्थ्य/शिक्षा
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • आर्थिक
  • अन्य
    • दुर्घटना
    • विज्ञान/प्राविधि
    • एसपी खबर तस्वीर
SP TV
No Result
View All Result

प्रहरीलाई अवज्ञा गर्दै हजार युवाहरुको हुल जनकपुरधाम तर्फ, एक युवकको मृत्यु भएपछि आक्रोस, प्रधानमन्त्री विरुद्व नारावाजी

प्रहरीलाई अवज्ञा गर्दै हजार युवाहरुको हुल जनकपुरधाम तर्फ, एक युवकको मृत्यु भएपछि आक्रोस, प्रधानमन्त्री विरुद्व नारावाजी

एसपी रिपोर्टर
जनकपुरधाम, जेठ १४ :
भारतवाट आएकाहरुलाई देश प्रवेश गराइने धनुषाको जटही नाकामा एक युवाको मृत्यु भएपछि युवाहरुको हुल नारावाजी गर्दै नेपाल प्रवेश गरेको छ । लकडाउनका कारण भारतमा फँसेका नेपालीहरुलाई धनुषा प्रशासनले आफ्नो गृह जिल्ला ल्याउने क्रममा जटहीमा एक जनाको मृत्यू भएपछि युवाहरुको हुल प्रहरीको अवज्ञा गर्दै नेपाल प्रवेश गरेको छ । उनीहरु प्रधानमन्त्री केपि शर्मा ओली र नेपाल सरकार विरुद्व नारावाजी गरिरहेका छन् ।

धनुषा प्रशासनले धनुषाको जटही नाकाबाट धनुषावासीलाई आफ्नो जिल्ला ल्याउने क्रममा जटही नाकामा राखिएको क्वारेन्टाईन नजिकै एक नागरिकको भोकले मृत्यू भएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेलका अनुसार, मृतक धनुषाको शहिदनगर नगरपालिकाका युवक हुन् । पोखरेलका अनुसार, भारतबाट हिँडदै आएका उनी विगत ६ दिनदेखि खाना खान पाएका थिएनन् । अत्यधिक भोकका कारण जटही नाकामा सुरक्षाकर्मीले उनलाई खाना खुवाएको थियो । केही बेरमा बान्ता (उल्टी) गरेर उनको ज्यान गएको हो ।

आज विहान करिब ३ बजेको समयमा भारतको प्रशासनले उनीहरुलाई जटही नाकामा छाडेर गएको जनाउँदै नाकामा करिब ५०० बढी जनाको भीड भएपछि आक्रोस बढेको बताएका छन् । मृतक युवकको अवस्था विग्रेपछि जनकपुरबाट एम्बुलेन्स पठाएपनि एम्बुलेन्स पुग्नुभन्दा अघि नै उनको मृत्यू भईसकेको थियो । सोही क्रममा भारतबाट आएका भीड आक्रोसित भएको प्रशासनले जनाएको छ ।

उनीहरु सुरक्षा घेरा समेत तोडदै जनकपुर तर्फ नारावाजी गर्दै आउन थालेको भिडियो स्थानियवासीले समाजिक सञ्जालमा सार्वजानिक गरेको छ । जनकपु्रधाम तर्फ आउन लागेको भिडलाई रोकन र व्यवस्थित गर्न व्यापक प्रहरी परिचालन गरिएको धनुषाका प्रहरी उपरिक्षक रमेश बस्नेतले बताए । युवाहरुको हुल गांगुली हुदै देवपुरा रुपैठा सम्म आइ पुगेको छ एसपी बस्नेतले भने, ‘प्रहरी परिचालन गरि उनीहरुलाई रोक्न र व्यवस्थापन गर्ने काम भइरहेको छ ।’

पोखरेलका अनुसार प्रशासनले व्यवस्था गरेको २ समय विहान १० बजे र साँझ ६ बजे बस सेवा सँचालन गर्ने भनिएपनि उनीहरु आफू घर जानुपर्ने भन्दै जिद्द गर्दै आएको थियो । अहिले प्रशासनले उनीहरुको लागि ३ वटा बस पठाएको जनाइएको छ । उनीहरुलाई जटही नाकादेखि दक्षिण जनकपुर आउँदै गर्दा गांगुलीमा रोकिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया !

SP KHABAR

SP KHABAR

एसपी खवर मधेश प्रदेशबाट सम्प्रेशन हुने देशकै लोकप्रिय अनलाईन पत्रिका हुन ।

सम्बन्धित समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार
एस.पी. खबर विशेष

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

2 hours ago
सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन
एस.पी. खबर विशेष

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

3 hours ago
जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता
एस.पी. खबर विशेष

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

4 hours ago
गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

8 hours ago
जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !
एस.पी. खबर विशेष

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

14 hours ago
मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ
अन्य

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

16 hours ago
कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता
एस.पी. खबर विशेष

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

1 day ago
अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव
एस.पी. खबर विशेष

अहिले हिन्दु र मुस्लिम भडकाउने जम्मै संघियता विरोधी हुन : मुख्यमन्त्री यादव

1 day ago
मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा
एस.पी. खबर विशेष

मधेशमा सरकार माग्दै एमाले मधेश प्रदेशको पहिलो अधिवेशन असोज २४ र २५ मा

1 day ago
गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने
एस.पी. खबर विशेष

गौ हत्या विरुद्व शुक्रवार जनकपुरधाममा विरोध प्रदर्शन, साधुसन्त सहित हिन्दु अभियानी सडकमा उत्रने

2 days ago

ताजा समाचार

बिश्व मुटु दिवसको अवसरमा निशुल्क मुटु परिक्षण र उपचार

सुरक्षाको मांग गर्दै धनुषाका चिकित्सकद्वारा जनकपुरधाममा प्रदर्शन

जनकपुरधामको मिल्स एरियामा ईन्द्रपुजाको धुमधाम र भब्यता

गौ हत्या विरुद्व जनकपुरधाममा वृहत प्रदर्शन, हिन्दु राष्ट्रको समेत मांग

जस्ले पितृकर्म गर्छ उस्ले मात्र देवकर्मको फल प्राप्त गर्न सक्छ !

मुख्यमन्त्रीको प्रतिबद्धता : बालबिवाह नियन्त्रण गर्न तत्पर छौँ

कमला–सप्तेश्वरनाथ बोलबम यात्रामा २३ हजारको सहभागिता

स्पेशल मिडिया नेपाल प्रा.लि.
जनकपुरधाम, मधेश प्रदेश
9844126588
 [email protected]
सूचना विभाग दर्ता नं: ३१५०-२०७८/७९

प्रधान सम्पादक/सञ्चालक
पुरन साह
सम्पादक
दिपेन्द्र कुमार साह
संवाददाता
संजय कुमार साह
चाँदनी झा
पुष्पा यादव

Facebook Twitter Youtube Pinterest

© 2020 SP KHABAR || Powered By ProTech Media || Privacy Policy