एसपी रिपोर्टर
काठमाणडौँ, फागुन २५ : जनमत पार्टीको केन्द्रीय समितिको बैठकमा पाँच एजेन्डामा छलफल हुने भएको छ। आइतबार सुरु भएको बैठक सोमबार (भोलि) सकिनेछ। महोत्तरीको बर्दीवासमा पहिलो दिनको बैठक सुरु भएको छ।
बैठकका लागि पाँच एजेन्डा पेस भएको प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिएका छन्। उनका अनुसार संगठनको सशक्तीकरण, नौलो गणतन्त्र कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, संघीयताको प्रभावकारी कार्यान्वयन, तथा समान विचारधारा भएका पहिचानवादीहरूबीच एकीकरणका विषयमा छलफल हुनेछ।
त्यसैगरी, बैठकमा प्रदेश सरकारको प्रभावकारितासम्बन्धी विषयमा पनि व्यापक छलफल गरिने यादवले बताएका छन्।