एसपी रिपोर्टर
काठमाणडौँ, फागुन २५ : आज जनकपुर, भैरहवा र धनगढीमा सबैभन्दा बढी तापक्रम हुने अनुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार यी स्थानहरूमा तापक्रम ३१ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना छ।त्यसैगरी, आज राति देशभरि सबैभन्दा कम तापक्रम जुम्लामा रहनेछ। महाशाखाका अनुसार यहाँको तापक्रम माइनस एक डिग्री सेल्सियससम्म झर्ने सम्भावना छ।
यससँगै, ताप्लेजुङ, धनकुटा, जिरी लगायतका शहरहरूमा छिटपुट वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।