एसपी रिपोर्टर
काठमाणडौं , फागुन २४ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट प्रहरीले सात किलोभन्दा बढी गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ।
शुक्रबार (फागुन २३) बेलुका पक्राउ परेका व्यक्तिहरू ३० वर्षीय अजित कुन्नमपुरथु वार्के र २४ वर्षीय एन डेन्सिल रहेका छन्। उनीहरू नेपाल एयरलाइन्सको उडानमार्फत थाइल्यान्डको बैंकक हुँदै काठमाडौं आएका थिए।अजितको साथबाट ४.२७ किलो र एनको साथबाट २.८९ किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
उनीहरूलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्युरोमा पठाइएको छ।