एसपी रिपोर्टर
काठमाणडौं , फागुन २४ : राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले विवाह गर्न पाउने उमेर घटाउने वा यथावत् राख्ने विषयमा आयोगले अध्ययन गर्ने बताएका छन्।
शनिबार काठमाडौंमा आयोजित ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मूल समारोहमा बोल्दै उनले बालविवाहका कारण समाजमा हुने दुर्घटनाबारे चिन्ता व्यक्त गरे। आयोगले सातै प्रदेशमा अध्ययन गरी सरकारलाई सुझाव दिने प्रतिबद्धता जनाएका छन्।उनले बलात्कार तथा लैंगिक हिंसा नियन्त्रण गर्न राज्यले प्रभावकारी कदम चाल्नुपर्ने उल्लेख गर्दै मातृ सुरक्षा तथा प्रजननसम्बन्धी कानुन कार्यान्वयनबारे अनुगमन गर्दा केवल एउटा मन्त्रालयमा मात्र पूर्ण रूपमा लागू भएको पाइएको जानकारी दिए।