एसपी रिपोर्टर
जनकपुरधाम, फागुन २३ : नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको छोरा र मधेश सभापति कृष्ण प्रसाद यादवको छोरीको विवाह लोक र परम्परागत शैलीमा सम्पन्न भएको छ । विहिवार कांग्रेस सभापति तथा पुर्वप्रधामन्त्री शेर बहादुर देउवा, महामन्त्री गगन थापा, पुर्व उपसभापति विमलेन्द्र निधी, नेताहरु प्रकाश शरण महत, बालकृष्ण खाँण सहितको उपस्थितीमा दिउँसो रिंग शेरोमनी (ईन्गेजमेन्ट) भएपनि राती र आज बिहान परम्परागत लोक विधी र शैलीमा विवाह र बिदाई सम्पन्न भएको छ ।

लोप हुदै गएको लोक र परम्परागत शैलीको सम्धी मिलान देखि दुल्हिनका बुवा नेता कृष्णले जन्ती पक्ष नेता महेन्द्र यादवलाई आफनो परम्परागत रितिरिवाज अनुसार भैँसी उपहार दिएर सादर बिदाई गरेको कांग्रेस नेताहरुले बताएका छन् । मधेशमा कृषिकर्म, पशुपालन सहितका गतिविधी विनाश हुदै गएकाले त्यसको प्रवद्र्वनका लागि दुवै नेताहरु आफनो चिकित्सक छोराछोरीहरुको विवाह पनि लोक र आफना पुर्खाहरुको शैलीमा गरेर सकारात्मक सन्देश प्रवाह गरेका छन् ।
हाम्रो यादव (गोपालवंश) विवाह पुर्खाहरुले यसरी नै गर्ने गर्थे, कांग्रेस नेता तथा गोपाल सेवा समितिका अध्यक्ष बजरंग प्रसाद यादवले भने, ‘जतिसुकै आधुनिक भएपनि आफनो पुर्खाले बनाएको परम्परा बचाउन र मधेशको मुख्य आर्थिक आधार कृषिक्षेत्र प्रवद्र्वनका लागि गरेको काम सराहनिय छ ।’ दुल्दा दुल्हिन चिकित्सक भएपनि आफना अभिभावकै सहमतिमा लोक विवाह शैली अपनाएका छन् ।

विहिवार ईन्गेजमेन्टमा सहभागि भएर भिआइपी नेता र अतिथिहरु बेलुका नै फर्किएपनि दुवै नेता आफना परिवारजन सहित विहिवार राती र शुक्रबार बेलुकी सम्म लोकशैलीको विवाहका सम्पुर्ण परम्परागत विधिहरु, डालाहारा, भैँसी उपहार, सम्धी मिलान, विवाह मण्डपमा बिदाई पुर्व हुने भोजन (मरजादी भात÷भतखोई) सहितका विधिहरु सहित वैवाहिक कार्यक्रम सम्पन्न भएको हो ।
अहिलेको आधुनिक युगमा देशकै ठुलो पार्टीका केन्द्रिय र मधेश स्तरका शिर्षनेताहरुले रचाएको छोराछोरीको विवाह छोरीपक्ष मधेशको रौतहटवासीलाई आकर्षित गरेको छ ।
अहिलेको आधुनिकतामा घर बाहिरका होटलहरुमा हतार हतार विहानै बिदाई सहित हुने विवाहहरुलाई नेताद्वयले नजरअन्दाज गर्दै घरमै सम्पुर्ण पराम्परागत विधीविधान सहित छोराछोरीको विवाह रचाएका छन् ।

