एसपी रिपोर्टर
जनकपुरधाम ,फागुन २१ : नेकपा एमालेका सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले जनकपुरधामस्थित चक्रपथ सडकको शिलान्यास गरेका छन्। जनकपुरधाम उपमहानगरपालिका–२५, लोहनामा आयोजित कार्यक्रमका बीच महासेठले शिलान्यास गरेका हुन्।
३२ किलोमिटर लामो यो चक्रपथ सडकले कपिलेश्वर, महुवा, लोहना, कुवारामपुर, देवपुरा रुपैठा, बसहिया, बिन्दही, बसबिट्टी, कुर्था, लक्ष्मिनिया, ठेरा, बेङ्गा शिवपुर जस्ता क्षेत्रलाई आपसमा जोड्नेछ।स्थानीय बासिन्दाहरूले यो चक्रपथ सडक नगरको पूर्वाधार विकासमा महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरेका छन्।
शिलान्यास कार्यक्रममा पूर्वमन्त्री जुली महतो, पूर्वमन्त्री अरविन्द साह, प्रदेशसभा सदस्य दीपेन्द्र ठाकुर, क्षिरेश्वरनाथ नगरपालिकाका नगरप्रमुख सुखदेव यादव लगायतको उपस्थिति रहेको थियो।