एसपी रिपोर्टर
काठमाणडौं ,फागुन २१ : सिरहाकी किशोरी रिंकुकुमारी सदायको मृत्यु प्रकरणमा संलग्न मुख्य आरोपी रुपेश मण्डललाई प्रहरीले पक्राउ गरेको छ।
सिरहाका एसपी रमेश पण्डितका अनुसार मण्डललाई अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको हो। सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकु ३० माघमा आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।घटनाअघि २७ माघको राति शौच गर्न बाहिर गएकी उनी झण्डै ६ घण्टा बेपत्ता भएकी थिइन्। भोरको ३ बजे मात्र घर फिर्ता भएकी र त्यसबेला रोइरहेको अवस्थामा फेला परेको परिवारजनले बताएका छन्। सोधपुछका क्रममा उनले आफूमाथि सामूहिक बलात्कार भएको खुलासा गरेकी थिइन्।दलित समुदायकी रिंकु ३० माघको साँझ ७ः२० बजे टिनले छाएको आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिइन्। मृत्यु हुनु पूर्व उनले आफूमाथि बलात्कार भएको जानकारी गराएपछि गाउँमै छलफल (पञ्चायती सभा) बसेको समेत खुल्न आएको छ।
अनुसन्धान जारी
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। अभियुक्तलाई कानुनी कारबाही अघि बढाइने बताइएको छ।