एसपी रिपोर्टर
काठमाणडौं ,फागुन २० : उपराष्ट्रपति रामसहायप्रसाद यादवले वन उद्यम विकास गरी आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताएका छन्।
नेपाल वन प्राविधिक संघ (एनएफए) को ५०औँ वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा उनले वन संरक्षण, दिगो उपयोग, जलवायु परिवर्तन न्यूनीकरण, तथा पारिस्थितिक प्रणालीको संरक्षणमा समन्वय आवश्यक रहेको उल्लेख गरे।
उनले तराई–मधेशमा पानीको मुहान सुकेर मरुभूमिकरणको खतरा बढेको भन्दै समस्या समाधानका लागि सरकारलाई योजना बनाउन सुझाव दिए।
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन क्षेत्रबाट रोजगारी वृद्धि गर्न वन प्राविधिकको भूमिका महत्त्वपूर्ण रहेको बताए।
कार्यक्रममा वन क्षेत्रको संरक्षणमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो।