एसपी रिपोर्टर
सिरहा ,फागुन २० : गोलबजार नगरपालिका–३ स्थित धमिनी खोलामा कजवे निर्माण गरिएको छ।
नगरपालिकाले श्रम-प्रधान सार्वजनिक निर्माण कार्य विकास कार्यक्रम अन्तर्गत १५ लाख रुपैयाँको लागतमा उपभोक्ता समितिमार्फत कजवे निर्माण सम्पन्न गरेको हो। निर्माण कार्यमा स्थानीयले श्रमदान गरेका थिए।स्थानीय नरबहादुर आलेका अनुसार १८-२० दिनमै निर्माण सम्पन्न भएको पुलले वर्षायाममा बाढीका कारण गाउँमै थुनिने समस्याबाट राहत दिएको छ।
गोलामुक्सारका करिब १०० घरपरिवार प्रत्यक्ष लाभान्वित हुने गोलबजार नगरप्रमुख श्यामकुमार श्रेष्ठले जानकारी दिए।