एसपी रिपोर्टर
रौतहट ,फागुन २० : महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले रौतहट जिल्ला संयोजकमा भरत साहलाई मनोनीत गरेको छ।
लोसपाको अन्तरिम विधान प्रथम संशोधन अनुसार, पूर्व जिल्ला संयोजकको स्थानमा साहलाई नियुक्त गरिएको हो। पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले एक प्रेस विज्ञप्ति जारी गर्दै उनलाई संयोजकको जिम्मेवारी दिएको जानकारी दिएका छन्।भरत साह रौतहटको सदरमुकाम गौरका स्थानीय बासिन्दा हुन्। उनी २०७४ को स्थानीय तह निर्वाचनमा गौर नगरपालिका–१ को वडा अध्यक्षमा निर्वाचित भएका थिए।
यसअघि, लोसपाले कटहरिया नगरपालिका–२ का रामप्रवेश दास तत्मालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो।