एसपी रिपोर्टर
काठमाणडौँ ,फागुन १९ : सिके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समितिको पूर्ण बैठक फागुन २५ र २६ गते महोत्तरीको पावन मिथिला होटलमा बस्ने भएको छ।
साथै, सो पार्टीको मधेस प्रदेश समन्वय समिति बैठक पनि फागुन २७ गते सोही होटलमा हुने जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिएका छन्।यसैबीच, जनमत पार्टीका धनुषा जिल्ला इन्चार्जले गरेका केही पालिका कमिटीहरूको विघटन र पुनर्गठनलाई केन्द्रीय सचिवालयले अनुमोदन नगरेको प्रवक्ता यादवले स्पष्ट पारेका छन्।
उनले ती पालिकाका पुरानै समिति यथावत् रहने बताएका छन्।