एसपी रिपोर्टर
जनकपुरधाम, फागुन १७ : नेपाली कांग्रेसका दुई प्रभावशाली नेताहरु अगामि फागुन २२ गते सम्धी बन्न लागेका हुन । त्यसो त उनीहरु दुई जनाको क्रमश छोरा र छोरीहरुको विवाह हुने निश्चिित भएर छेका (इन्गेजमेन्ट) भइसकेकाले उनीहरु सम्धी बनिसकेको भएपनि विधिवत २२ गते सम्धी मिलान गर्ने छन् ।
महेन्द्र यादव नेपाली कांग्रेसका सहमहामन्त्री तथा पुर्व संघिय खानेपानी मन्त्री हुन भने कृष्ण यादव कांग्रेस मधेशका सभापति, संसदिय दलका नेता, मधेश प्रदेश सरकारका पुर्व भौतिक पुर्वाधार मन्त्री र र्सघिय संसद संविधानसभा सदस्य समेत भइसकेका छन् ।
महेन्द्र यादवको छोरा डा. विकास यादव र कृष्ण यादवकी छोरी डा. सुस्मिता यादवको अगामि फागुन २२ गते विवाह हुन गइरहेको छ । दुवै नेता र उनका परिवार हाल विवाहको बन्दोवस्तमा जुटिसकेका छन् । कांग्रेस मधेश सभापति यादवका पिता रामचन्द्र राय यादव पनि पुर्व गाविस अध्यक्ष हुन ।